Judges 21:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेथेलमा गएर परमेश्‍वरको सामु इस्राएली मानिसहरू साँझसम्‍म बसे। कराई-कराईकन तिनीहरूले विलाप गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मानिसहरू बेथेलमा गए, र साँझसम्‍मै त्‍यहाँ परमेश्‍वरको उपस्‍थितिमा रहे, र साह्रै ठूलो विलाप गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मानिसहरू बेथेलमा गए, र तिनीहरू बेलुकासम्मै आफ्ना सोर उचालेर अनियन्त्रित रूपमा परमेश्‍वरको सामु रुँदै बसिरहे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए।