Judges 21:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका बुबा र दाजुभाइहरू आएर तिमीहरूलाई बाधा दिए भने तिनीहरूलाई यसो भन्‍नू, ‘यिनीहरूलाई हामीसँग छोडिदिनुहोस्, हामीले यिनीहरूलाई विवाह गरूँला भनी तपाईंहरूदेखि लडाइँमा जितेका होइनौं। यिनीहरूलाई तपाईंहरूले पनि हामीलाई दिनुभएको होइन, यसर्थ तपाईंहरूलाई प्रतिज्ञा तोडेको दोष लाग्‍नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि यदि तिनीहरूका बुबा वा दाजुभाइहरू आएर हामीलाई उजूर गरे भने, हामी भन्‍नेछौं, “उनीहरूमाथि दया गरी हामीलाई सहायता गर्नुहोस्, किनकि लड़ाइँमा उनीहरूका निम्‍ति हामीले पत्‍नी ल्‍याईदिन सकेनौं। तपाईं निर्दोष हुनुहुन्‍छ, कारण तपाईंहरूले आफ्‍ना छोरीहरू दिनुभएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका बुबाहरू अथवा दाजुभाइहरूले हामीसित उजुरी गरे भने हामी तिनीहरूलाई यसो भनिदिनेछौँ, ‘तिनीहरूलाई सहायता दिएर हामीमाथि दया गर्नुहोस्; किनकि लडाइँको समयमा हामीले तिनीहरू प्रत्येकका निम्ति पत्नीहरू पाएनौँ। तपाईंहरूले तिनीहरूलाई आफ्ना छोरीहरू वास्तवमा विवाहको निम्ति नदिनुभएको कारण तपाईंहरूले शपथ तोड्नुभएको हुनेछैन, र निर्दोष हुनुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
ती जवान स्त्रीहरूका बाबु वा दाज्यू-भाईहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भन्नेछौ, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्। तिनीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरूद्ध युद्ध गरेनन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्रो शपथ भङ्ग गरेनौं। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछैनौ भनी शपथ खाएका थियौ। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौ, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौं।”‘