Judges 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्‍यामीनीहरूले त्‍यसै गरे। शीलोमा नाच्‍ने केटीहरूमध्‍ये एकएक वटा स्‍वास्‍नी हरेकले चुन्‍यो र त्‍यसलाई लिएर गए। तिनीहरू आफ्‍ना सिमानामा गए, आफ्‍ना सहर फेरि नयाँ गरी बनाए र त्‍यहाँ बस्‍न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती बेन्‍यामीनीहरूले यी सबै गरे। तिनीहरू नाचिरहेको बेलामा उनीहरू हरेकले आ-आफ्‍ना पत्‍नी तुल्‍याउन एउटी-एउटी केटीलाई पक्रेर लग्‍यो। तब उनीहरू आफ्‍नो बाटो लागे, र उनीहरूको पैतृक-सम्‍पत्ति भएको ठाउँमा फर्केर आफ्‍ना सहरहरूलाई फेरि बनाए, र तिनमा बसोबास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बेन्यामीनीहरूले त्यसै गरे। ती जवान केटीहरू नाचिरहेका बेला उनीहरू हरेकले एउटी-एउटीलाई पक्रे, र उनीहरूलाई आ-आफ्नी पत्नी बनाउन लगे। तब उनीहरूको आफ्ना उत्तराधिकार सम्पत्ति भएको ठाउँमा फर्के, र सहरहरूलाई पुनर्निर्माण गरे, र तिनमा बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे।

Recommended Reading