Judges 21:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सोधे, “के इस्राएलका सारा कुलहरूमध्ये कुनै यस्तो दल छ, जो परमेश्वरको सामुन्ने मिस्पामा हाजिर भएन?” (मिस्पामा प्रभुकहाँ नजानेलाई तिनीहरूले मार्ने किरिया खाएका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलका सबै कुलमध्येको कुनै कुल परमप्रभुको उपस्थितिमा आएन कि भनी इस्राएलीहरूले आपसमा सोधपूछ गरे, किनभने तिनीहरूले यो महाशपथ खाएका थिए कि मिस्पामा परमप्रभुकहाँ नजानेचाहिँ मारिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलीहरूले सोधे, “इस्राएलका सारा कुलहरूबाट कुनचाहिँ कुल याहवेहको सामु भेला भएन?” किनकि तिनीहरूले मिस्पामा याहवेहको सामु भेला नहुने जोसुकै पनि मारिनेछ भनी गम्भीर शपथ खाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेटून आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।