Judges 21:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका कुलबाट परमप्रभुकहाँ मिस्‍पामा नजाने कुनै दल छ कि भनेर तिनीहरूले खोजी गरे। गिलादको याबेशबाट कोही पनि त्‍यहाँ नगएका तिनीहरूले भेट्टाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले सोधे, “इस्राएलका सबै कुलहरूमध्‍ये परमप्रभुकहाँ मिस्‍पामा नजाने कोही छ?” अनि याबेश-गिलादबाट कोही पनि सभाको लागि छाउनीमा आएको रहेनछ भनी तिनीहरूले पत्ता लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले सोधे, “इस्राएलको कुनचाहिँ कुल मिस्पामा याहवेहको सामु भेला भएन?” तिनीहरूले याबेश-गिलादबाट कोही पनि सभाको निम्ति छाउनी हाल्न आएको रहेनछ भनी थाहा पाए।
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका मानिसहरूले सोधे, “इस्राएलका कुन कुल समूह यहाँ मिस्पामा आएन? हामी परमप्रभुको समक्ष आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहा पाए कि इस्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन।