Judges 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी कनान देशमा लडाइँमा भाग नलिने इस्राएलीहरूको जाँच गर्नलाई परमप्रभुले केही अन्यजातिहरूलाई देशमा राख्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी तिनै जातिहरू हुन् जसलाई परमेश्वरले ती इस्राएलीहरूलाई जाँच्नलाई छोड्नुभएको थियो, जसले कनानका लड़ाइँहरूको अनुभव पाएका थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कनानमा कुनै पनि युद्धको अनुभव नगरेका ती सबै इस्राएलीहरूलाई जाँच्न भनी याहवेहले छोडिदिनुभएका जातिहरू यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनु हुन्थ्यो। यस समय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्राएलका मानिसहरूलाई, जो ती युद्धहरूमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो होः