Judges 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूले फेरि परमप्रभुका विरुद्ध पाप गरे। यसकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलभन्दा बलियो तुल्याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। यसैकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलमाथि अधिकार दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। अनि तिनीहरूले त्यस्तो दुष्टता गरेको कारण याहवेहले मोआबको राजा एग्लोनलाई इस्राएलमाथि अख्तियार दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो।