Judges 3:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे अनि तिनीहरूलाई छुटाउनलाई उहाँले एक जना व्यक्ति पठाइदिनुभयो। ती व्यक्ति बेन्यामीन कुलका गेराको छोरा एहूद थिए। एहूदले देब्रे हात चलाउँथे। इस्राएलीहरूले उनलाई कोसेली लिएर मोआबका राजा एग्लोनकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, र उहाँले एक जना मानिस, अर्थात् बेन्यामीनी गेराका छोरा, देब्रे हात चल्ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्लोनकहाँ तिनीहरूको कर तिर्नलाई पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले फेरि याहवेहलाई सहायताका लागि पुकारे, तब उहाँले तिनीहरूलाई एक जना छुटाउने व्यक्ति, बेन्यामीनी गेराका छोरा एहूद दिनुभयो, जो देब्रे-हाते थिए। इस्राएलीहरूले तिनलाई मोआबको राजा एग्लोनकहाँ सलामी टक्र्याउन पठाए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले परमप्रभुसित विलाप गरे। यसै कारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए।