Judges 3:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एहूदले आफ्ना निम्ति एक हात लामो एउटा तरवार बनाएका थिए। उनले त्यो तरवार दाहिनेपट्टि आफूले लाएको लुगामुनि बाँधेर भिरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एहूदले आफ्नो निम्ति एक हात लामो एउटा चुपी बनाएर लुगाभित्र दाहिने जाँघमा बाँधिराखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एहूदले डेढ क्यूबिट जति लामो दुईधारे तरवार बनाए, र आफ्नो दाहिने तिघ्रामा आफ्नो लुगाभित्र बाँधिराखे।
Nepali ERV (पवित्र बाइबल)
एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।