Judges 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफैंचाहिँ गिलगालछेउ, मूर्ति भएका ठाउँदेखि फर्केर एग्‍लोनकहाँ गएर भने, “महाराज, तपाईंलाई गुप्‍तमा मेरो केही कुरा भन्‍नु छ।” राजाले चाकरहरूलाई बाहिर जान आज्ञा दिए र तिनीहरू बाहिर निस्‍के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी आफूचाहिँ गिलगालमा भएको, मूर्तिहरूको ठाउँदेखि फर्केर आए, र तिनले राजालाई भने, “हे महाराज, मैले हजूरलाई गुप्‍तिमा केही भन्‍नु छ।” तब एग्‍लोनले चूप लाग्‍ने आदेश दिएर आफ्‍ना सबै सेवकहरूलाई बाहिर पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीचाहिँ गिलगालको छेउमा मूर्तिहरू भएका ठाउँमा पुगे। अनि त्यहाँबाट फर्केर एग्लोनकहाँ आएर भने, “महाराज, तपाईंका निम्ति मसित एउटा गुप्‍त समाचार छ।” राजाले भने, “शान्त होऊ!” अनि तिनका सबै चाकरहरू त्यहाँबाट गए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेटून फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।” राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए।