Judges 3:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्यहाँबाट हिंडे। राजाका चाकरहरू आए र ढोकाहरू ताल्चा लाएका र बन्द देखेर राजा भित्रै दिसा गर्न बसेका होलान् भन्ठाने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी निस्किसकेका थिए तब एग्लोनका सेवकहरू भित्र आए, र ढोकाहरूमा ताल्चा लगाइएको देखेर तिनीहरूले भने, “राजा आफ्नो महलको शीतल कोठामा दिसा बसिरहनुभएको होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी गइसकेपछि ती नोकरहरू आए; तब तिनीहरूले कौसीको ढोकामा ताला लगाइएको भेट्टाए। तिनीहरूले भने, “सायद राजा महलको भित्री कोठामा दिसा बस्न गएका होलान्।”
Nepali ERV (पवित्र बाइबल)
एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।”