Judges 3:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ एफ्राइमको पहाडमा पुगेपछि इस्राएलीहरूलाई लडाइँ गर्न उनले तुरही फुकेर बोलाए। तिनीहरूका अघि-अघि उनी पहाडदेखि ओह्रालो झरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि एफ्राइमको पहाड़ी देशमा पुगेपछि त्‍यहाँ तिनले तुरही फुके, र इस्राएलीहरू पहाड़बाट आएर तिनले तिनीहरूलाई अगि लाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ आइपुगेर एफ्राइमको पहाडी मुलुकमा तिनले तुरही फुके; र इस्राएलीहरू त्यस पहाडबाट तिनीसित तिनको पछि-पछि ओर्लिए।
Nepali ERV (पवित्र बाइबल)
जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे।