Judges 3:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई भने, “मेरो पछि आओ। परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रु मोआबमाथि विजय दिनुभएको छ।” तिनीहरू एहूदको पछिपछि लागे र मोआबीहरूले यर्दन नदी पार गर्न लागेका ठाउँ आफ्ना हात पारे। तिनीहरूले कुनै पनि मोआबीलाई नदी पार गर्न दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एहूदले तिनीहरूलाई भने, “मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” यसकारण तिनीहरू तिनका पछिपछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको यर्दनका जँघारहरू लिए, र कसैलाई पनि त्यहाँबाट पारि जान दिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले हुकुम गरे, “मलाई पछ्याओ, याहवेहले तिमीहरूका शत्रु मोआबलाई तिमीहरूका हातमा दिनुभएको छ।” यसकारण तिनीहरूले तिनलाई ओरालोमा पछ्याए, र मोआबतिर जाने यर्दनका ठाउँहरू लिए; अनि कसैलाई पनि पारि जान दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुसरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।” यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुसरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे।