Judges 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना परमप्रभु परमेश्वरलाई इस्राएलीहरूले बिर्से। तिनीहरूले परमेश्वरका विरुद्धमा पाप गरे अनि बाल-देवता र अशेरा-देवीका मूर्तिहरूलाई पुज्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरे; तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेर बाल र अशेरा देवी-देवताहरूका सेवा गरे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे।