Judges 3:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे। उहाँले तिनीहरूलाई छुटकारा दिनलाई एक जना व्यक्ति पठाइदिनुभयो। कालेबका भाइ कनजको छोरा ओत्निएल ती व्यक्ति थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब इस्राएलीहरूले सहायताको निम्ति परमेश्वरलाई पुकारे, तब उहाँले तिनीहरूलाई छुटाउनलाई कालेबका भाइ कनजका छोरा ओत्निएललाई खड़ा गर्नुभयो, र तिनले तिनीहरूलाई मुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनीहरूले याहवेहलाई सहायताको लागि पुकारे, तब उहाँले तिनीहरूका निम्ति एक जना छुटाउने व्यक्ति, ओत्निएललाई खडा गर्नुभयो, जो कालेबका भाइ कनजका छोरा थिए। यिनले तिनीहरूलाई बचाए।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे।