Judges 4:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला केदेशको केनी सानन्‍नीममा एउटा ठूलो फलाँट वा बज्राँठको रूखको छेउमा आफ्‍नो पाल हालेर केना-वंशको हेबेर बसेको थियो। ऊ अरू केनीहरूबाट छुट्टिएको थियो। केनीहरू मोशाका साला होबाबका सन्‍तान थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब केनी हेबेरले केनीहरू, अर्थात्‌ मोशाका साला होबाबका सन्‍तानहरूदेखि अलग भएर केदेशनेर सानन्‍नीममा भएको ठूलो रूख नजिक आफ्‍नो पाल टाँगेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब केनी हेबेरले अरू केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूलाई छाडेर केदेशको छेउमा सानन्‍नीममा भएको ठूलो रूखनिर आफ्नो पाल टाँगेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।