Judges 4:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना सेनासँग उनले आक्रमण गरे। परमप्रभुले सीसरा र उसका सेना र रथहरूलाई छरपष्ट पारिदिनुभयो। सीसरा रथबाट उत्रेर पैदलै भाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाराक अगि बढ्दै जाँदा याहवेहले सीसरा र त्यसका सबै रथहरू अनि सेनासमेत तरवारले परास्त गर्नुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।
Nepali ERV (पवित्र बाइबल)
बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्वमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलै भागे।