Judges 4:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीसरा औधी थाकेको थियो र भुसुक्‍क निदायो। तब एउटा मुङ्ग्रो र पालको कीला लिएर याएल आई। त्यो बिस्‍तारै सीसराको छेउमा गई र कीला कन्‍चटमा ठोकेर वारपार गरी भूइँमा गाडिदिई। यसरी त्यसले सीसरालाई मारी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हेबेरकी पत्‍नी याएलले पालको एउटा कीला र मुङ्‌ग्रो लिएर सीसरा थकित भई मस्‍त निदाएको बेलामा उनको छेउमा गइन्‌। याएलले सीसराको कन्‍चट छिचोलेर भूइँ भेट्‌ने गरी कीला ठोकिदिइन्‌ र उनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हेबेरकी पत्नी याएलले पालको कीला र एउटा मुङ्ग्रो लिइन्। अनि सीसरा थाकेर भुसुक्‍क निदाएको बेला तिनीकहाँ बिस्तारै गइन्। तिनले सीसराको कन्चट छिचोलेर भुइँसम्मै पुग्ने गरी त्यो किला ठोकिदिइन् र तिनी मरे।
Nepali ERV (पवित्र बाइबल)
तर याएलले एक कीला र मार्तोल खोजिन्। याएल चूपचाप सीसरा कहाँ गइन्। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन् अनि त्यसलाई मार्तोलले हिर्काइन्। त्यो पालको कीला सीसराको शिरको छेउ भएर भूइँमा गाडियो अनि सीसराको मृत्यु भयो।