Judges 4:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीसरालाई खोज्‍दै बाराक त्‍यहाँ आइपुग्‍यो। याएलले उसलाई भेटी र भनी “यहाँ आऊ, तिमीले खोजेको मानिस म देखाइदिनेछु।” ऊ याएलसँग पालमा पस्‍यो र त्‍यहाँ सीसरालाई किला टाउकोमा वारपार भएर मरेको र लडिरहेको भेट्टायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाराक सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्‍नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्‍चटमा कीला गाड़िएर मरिरहेका भेटाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाराकले सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए।
Nepali ERV (पवित्र बाइबल)
त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेटून बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए।