Judges 4:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कीशोन नदीछेउ तँसँग युद्ध गर्नलाई याबीनका सेनापति सीसरालाई म ल्‍याउनेछु। ऊसँग उसका रथ र सेना रहनेछन् तर म तँलाई तिनीहरूमाथि विजय गरिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म याबीनको सेनापति सीसरालाई कीशोन खोलामा त्‍यसका रथहरू र त्‍यसका सबै फौजसमेत निकाली ल्‍याएर उनीहरूलाई तिम्रो हातमा सुम्‍पिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याबीनका फौजको सेनापति सीसरालाई उसका रथहरू र फौजसहित कीशोन नदीमा ल्याउनेछु। अनि त्यसलाई तेरो हातमा सुम्पिदिनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।”‘