Judges 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इनारमा पानी भर्न आउने स्‍त्रीका हुलले परमप्रभुका विजयबारे अनि इस्राएलीहरूका विजयबारे भन्‍दै छन्, सुन! तब परमप्रभुका प्रजा आ-आफ्‍ना सहरहरूबाट निस्‍किआए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कुरालाई राम्ररी विचार गर, गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्‍त्रीहरू पानी भर्नलाई आउँछन्‌। त्‍यहाँ तिनीहरू परमप्रभुले गर्नुभएका धार्मिक कार्यहरूको स्‍मरण गर्छन्, इस्राएलमा शूरवीरहरूका धार्मिक कार्यहरू। त्‍यसपछि परमप्रभुका जनहरू तल सहरका मूल ढोकाहरूमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्। त्यहाँ तिनीहरू याहवेहका विजयहरूका वर्णन गर्छन्, इस्राएलमा गाँउलेहरूका विजयहरू। “त्यसपछि याहवेहका जनहरू तल सहरका मूलढोकाहरूमा गए।
Nepali ERV (पवित्र बाइबल)
पशुहरूको लागि पानी भएको खाडलहरूमा हामी झ्याम्टाको सङ्गीत सुन्दछौ। मानिसहरू परमप्रभुको विजय, इस्राएलमा उहाँका सेनाहरूको विजय जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए, त्यस विषयमा गाउँछन्।