Judges 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू एफ्राइमदेखि बेसीसम्‍म आए, बेन्‍यामीन कुलका पछिपछि आए। सेनापतिहरू माकीरबाट तल आए, जबूलूनबाट अरू अधिकृतहरू आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही एफ्राइमबाट आए, जसको मूल अमालेकमा छ, बेन्‍यामीन तिमीलाई पछ्याउने मानिसहरूसित थिए। माकीरबाट कप्‍तानहरू आए, जबूलूनबाट सेनाका नेताको लहुरो बोक्‍ने मानिसहरू आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए; बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए। माकीरबाट सेनापतिहरू ओर्लेर आए। जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमका मानिसहरू अमालेकको पहाडी देशबाट आए। बिन्यामीन, ती मानिसहरूले, तिमी अनि तिम्रा मानिसहरूको अनुसरण गरे। अनि, माकीरका कुलका सेनापतिहरू त्यहाँ उपस्थित थिए। जबूलून कुल समूहको नायकहरू अधिकारीहरू र कर्मचारीहरूसित आए।