Judges 5:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीसराकी आमाले झ्यालबाट हेरिरहिन्, तिनले आँखीझ्यालबाट हेरिरहिन्। “किन सीसराको रथ आउन ढिला भयो?” तिनले सोधिन्, “त्यसका घोडाहरू आउन किन यति ढिलो गर्यो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सीसराकी आमाले आँखी-झ्यालबाट चियाएर हेरिन्, झ्यालबाट चियाइन्, र चिच्च्याएर भनिन्, ‘त्यसको रथ आउनलाई किन यति ढिलो गरेको? त्यसका रथहरूको खटखट आवाज किन यति बियाँलो भयो?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सीसराकी आमाले झ्यालदेखि बाहिर चियाइन्; आँखीझ्यालको पछिल्तिरबाट तिनी चिच्याएर भनिन्, ‘तिनका रथ आउनलाई किन ढिलो भयो? तिनको रथका खटखट आवाज आउन किन ढिलो भयो?’
Nepali ERV (पवित्र बाइबल)
हेर, त्यहाँ सीसराकी आमा छिन् झ्याल देखि बाहिर पर्दाबाट हेरिरहेकी छिन्, अनि विलाप गर्दै छिन्। “सीसराको रथ किन यति ढीलो भयो? उसको रथको आवाज म किन सुन्दिन?”