Judges 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! तपाईंले सेइर-पहाड छोड्नुहुँदा, जब एदोमको इलाकादेखि बाहिर सवारी हुनुहुँदा, यो पृथ्वी डग्मगियो, आकाशबाट वृष्टि भयो, अँ, बादलबाट मुसलधारे पानी बर्स्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे परमप्रभु, जब तपाईं सेइरबाट अगि बढ्नुभयो, जब तपाईं एदोमको देशबाट बढ्दैजानुभयो, तब पृथ्वी काम्यो, आकाशले खन्यायो, बादलले झरी बर्सायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, बादलले पानी बर्सायो।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिंड्नु भयो। तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मेघहरूले पानी बर्साए।