Judges 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब इस्राएलीहरूले नयाँ देवी-देवता रोजे, तब देशमा लडाइँ भयो, इस्राएलका चालीस हजार मानिसहरूबीच कोसित ढाल वा कोसित भाला थिए?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्‍यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्।