Judges 6:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दूतले भने, “रोटी र मासु यहाँ चट्टानमाथि राख् र झोल त्यसमाथि खन्याइदे।” गिदोनले त्यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका दूतले तिनलाई भने, “त्यो मासु र अखमिरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदे, र झोलचाहिँ खन्याइदे।” अनि तिनले त्यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वरका दूतले तिनलाई भने, “यो मासु र ती अखमिरी रोटी लिएर त्यस चट्टानमाथि राखिदे, र झोलचाहिँ त्यसमाथि खन्याइदे।” अनि गिदोनले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले उसलाई स्वर्गदूतले भने जस्तै गरे।