Judges 6:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस डाँडामाथि तेरा परमप्रभु परमेश्वरको निम्ति एउटा वेदी ठीकसँग बना। त्यसपछि अशेरादेवीका मूर्तिका काठले आगो बालेर दोस्रो साँढे सबै होमबलि चढा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यही अल्गो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति ठीक ढाँचाको एउटा वेदी बना, र त्यो दोस्रोचाहिँ साँढ़े लिएर तैंले ढालेको अशेराको मूर्तिको काठले होमबलि चढ़ा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि एउटा उच्च स्थानमा याहवेह तेरा परमेश्वरका निम्ति एउटा उपयुक्त वेदी बनाउनू। तैँले काटेर ढालेको अशेराको खाँबो प्रयोग गरेर त्यो दोस्रो साँढेलाई होमबलिस्वरुप चढाउनू।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान साँढेलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेरको खम्बाको काठ प्रयोग गर।”