Judges 6:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब गिदोनले दश जना चाकरहरू लिएर परमप्रभुले भन्‍नुभएअनुसार गरे। दिउँसो आफ्‍ना परिवार र सहरका मानिसहरूअघि त्‍यसो गर्न उनले डर माने र सो काम उनले राती नै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब गिदोनले आफ्‍ना नोकरहरूमध्‍येका दश जनालाई लिएर परमप्रभुले तिनलाई भन्‍नुभएबमोजिम गरे। तर तिनी आफ्‍ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे, यसैकारण तिनले यो काम दिउँसो होइन तर राती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण गिदोनले आफ्ना दश जना नोकरहरू लिएर याहवेहले तिनलाई भन्‍नुभएझैँ गरे। तर आफ्नो परिवार र सहरका मानिसहरूका डरको कारण तिनले त्यो दिउँसो होइन, तर राति गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।