Judges 6:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले योआशलाई भने, “तिम्रा छोरालाई यहाँ बाहिर ल्याऊ। हामी त्यसलाई मार्नेछौं। त्यसले बाल-देवताको वेदी भत्काई, छेउका अशेरा-देवीको मूर्ति ढालिदिएछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सहरका मानिसहरूले योआशलाई भने, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यसले बालको वेदी भत्काइदिएछ, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिदिएछ। त्यो मारिनैपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरका मानिसहरूले योआशासित यो माग गरे, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यो मर्नैपर्छ; किनकि त्यसले बालको वेदीलाई भत्काइदिएको छ, र त्यसको छेउको अशेराको खाँबोलाई काटेर ढालिदिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”