Judges 6:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्‍शे मुलुकका दुवै भागमा समाचार दिने मानिसहरू पठाएर त्‍यहाँका मानिसहरूलाई बोलाउन पठाए। मानिस पठाएर आशेर, जबूलून र नप्‍ताली कुलका मानिसहरूलाई उनले बोलाउन पठाए। तिनीहरू पनि आएर उनीसँग समावेश भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मनश्‍शेभरि समाचार लाने दूतहरूलाई पठाए, र तिनीहरू पनि तिनको पछि लाग्‍नलाई बोलाइए। तिनले आशेर, जबूलून र नप्‍तालीकहाँ पनि समाचार दिने दूतहरूलाई पठाए, र तिनीहरू पनि अरूहरूसित भेला हुनलाई आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मनश्शेभरि दूतहरू पठाएर तिनीहरूलाई पनि आफ्नो पछि लाग्न भने। तिनले आशेर, जबूलून र नप्‍तालीमा पनि दूतहरू पठाए, र तिनीहरू पनि तिनलाई भेट्न आए।
Nepali ERV (पवित्र बाइबल)
गिदोनले मनश्शेका कुल समूहका समस्त मानिसहरू कहाँ दूतहरू पठाए। ती दूतहरूले मनश्शेका मानिसहरूलाई आफ्ना हतियारहरू लिन अनि युद्धका निम्ति तयार हुन भने। गिदोनले आशेर, जबूलून अनि नप्तालीका कुल समूह कहाँ पनि दूतहरू पठाए। ती दूतहरूले त्यही सन्देश लगे। यसर्थ ती कुल समूहहरू पनि गिदोन अनि तिनका मानिसहरूलाई भेट्न गए।