Judges 6:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोला, एकचोटि फेरि म बोल्न पाऊँ। एकपल्ट फेरि मलाई ऊनको परीक्षा लिन दिनुहोस्। यसपालिचाहिँ ऊन सुक्खा रहोस् अनि शीत जमिनमा परोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब गिदोनले परमेश्वरलाई भने, “मसँग नरिसाउनुहोस्, तर मलाई अझै एक कुरा बोल्न दिनुहोस्। बिन्ती छ, मलाई फेरि एक पल्ट यस ऊनको जाँच गर्न दिनुहोस्। यस पल्टचाहिँ त्यो ऊन मात्र सुक्खा रहोस्, र सबै जमिनचाहिँ शीतले भिजोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब गिदोनले परमेश्वरलाई भने, “कृपया मसित नरिसाउनुहोस्। यस ऊनबाट अझ एउटा जाँच गर्न मलाई अनुमति दिनुहोस्। यस पटक ऊन सुक्खा रहोस्, र जमिनचाहिँ शीतले ढाकिएको होस्।”
Nepali ERV (पवित्र बाइबल)
तब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्वोधित नहुनुहोस्। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेडको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस्। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेडको ऊन सुक्खा रहोस्।”