Judges 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सो ठाउँमा पाल हालेर बस्‍थे र दक्षिणपट्टि गाजासम्‍म अन्‍न नाश गरिदिन्‍थे। तिनीहरूका सबै भेडा-बाख्रा, गाईवस्‍तु र गधाहरू लैजान्‍थे। इस्राएलीहरूलाई जीविकाको निम्‍ति केही कुरा पनि छोडिदिँदैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू देशमा छाउनी बनाएर बसे, र गाजाको छेउसम्‍मैका बालीहरूलाई नाश गरे, यहाँसम्‍म कि इस्राएलीहरूका निम्‍ति भेड़ा, गोरु, र अरू कुनै जीवित थोक पनि छोड़ेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले देशमा छाउनी हालेर गाजासम्मै बाली नष्‍ट पारिदिन्थे। अनि इस्राएलका निम्ति न त भेडा, न गाईबस्तु वा गधा कुनै जीवित प्राणी नै छोडिदिन्थे।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेड, वा गाइ-बस्तु वा गधाहरू पनि छाडेनन्।