Judges 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले इस्राएलका परमप्रभु परमेश्‍वरबाट यस्‍तो समाचार ल्‍यायो, “मिश्रको दासत्‍वदेखि मैले तिमीहरूलाई निकालेर ल्‍याएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको यो वाणी छ: मैले तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकालेर ल्‍याएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाइदिनुभयो, जसले यसो भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूलाई इजिप्टको दासत्वदेखि निकालेर ल्याएँ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरे अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ।