Judges 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन बिहानै गिदोन र उनका मानिसहरू उठे र हरोद खोलाका किनारमा छाउनी हाले। त्‍यसको उत्तरपट्टि मोरे डाँडाको छेउको बेसीमा मिद्यानीहरूको छाउनी थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूब-बाल, जो गिदोन हुन्, र तिनीसँग भएका सबै मानिसहरू बिहान सबेरै उठे, र हरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँड़ाको उत्तरपट्टिको बेँसीमा छाउनी हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान सबेरै यरूब-बाल (जो, गिदोन हुन्), र तिनका सबै मानिसहरूले हेरोदको पानीको मूलमा छाउनी हाले। मिद्यानको छाउनीचाहिँ तिनीहरूको उत्तरतिर मोरेको डाँडाको छेउको बेँसीमा थियो।
Nepali ERV (पवित्र बाइबल)
बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।