Judges 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले के भन्‍दै छन्, तैँले सुन्‍नेछस् र तँलाई तिनीहरूमाथि आक्रमण गर्न साहस हुनेछ।” र गिदोन र उनको चाकर पूराह तल शत्रुहरूको छाउनीछेउ गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरू के भनिरहेका छन्‌ सुन्‌। त्‍यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न तँ प्रोत्‍साहित हुनेछस्‌।” यसकारण तिनी र तिनको नोकर पूराह छाउनीको त्‍यस भागमा गए जहाँ लड़ाइँ गर्ने मानिसहरू बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए।
Nepali ERV (पवित्र बाइबल)
मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।” यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए।