Judges 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेसीका चारैतिर मिद्यानी, अमालेकी र पूर्वका अरू जातिहरू सलहका बथानसरि बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवासरि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मिद्यानी, अमालेकी र पूर्वका अरू सबै जातिहरू सलहजस्‍तै बाक्‍लै बेँसीमा बसेका थिए। ऊँटहरूको त गन्‍ती नै थिएन। तिनीहरू संख्‍यामा समुद्रका बालुवाका कणसरह थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए।
Nepali ERV (पवित्र बाइबल)
मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।