Judges 7:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथीचाहिँले भन्यो, “यो त त्यो इस्राएली योआशको छोरा गिदोनको तरवार हो। यसको अर्को अर्थ हुनै सक्दैन। परमेश्वरले मिद्यानीहरू र हाम्रा सारा सेनालाई उसको हातमा पारिदिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको साथीले जवाफ दियो, “साँच्ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्वरले मिद्यान र समस्त सेनालाई तिनको हातमा सुम्पिदिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”