Judges 7:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस मानिसको सपना र त्यसको अर्थ सुनेपछि गिदोनले घुँडा टेकी परमेश्वरलाई दण्डवत् गरे। त्यसपछि इस्राएलीहरूको छाउनीमा फर्की आएर उनले भने, “उठ, परमेश्वरले तिमीहरूलाई मिद्यानीहरूका सेनामाथि विजय दिनुभएको छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब गिदोनले सपनाको कथा र त्यसको अर्थ सुने, तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत् गरे। त्यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, “उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”