Judges 7:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनका मानिसहरूले तुरही फुकेको बेलामा परमप्रभुले शत्रुलाई आपसमा एक-अर्कालाई तरवारले हानाहान गर्न लाउनुभयो। तिनीहरू सरेरातर्फ भागे र बेथ-शित्ता र तब्बातछेउको हाबिल-महोला सहरसम्म पुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती तीन सय जनाले आ-आफ्नो तुरही फुक्दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक-अर्काको विरुद्धमा उठाउनुभयो। तब मिद्यानी सेना सरेराको बेथ-शित्तामा, तब्बातका छेउको हाबिलमहोलाको सिमानासम्म भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तीन सय वटा तुरहीहरू फुकिए, तब याहवेहले मानिसहरूलाई आफ्ना तरवार लिएर छाउनीभरि एक-अर्कालाई हमला गर्न लगाउनुभयो। त्यो फौज तब्बातको छेउमा भएको अबेल-महोलाको सिमानासम्म सरेरातिरको बेथ-शित्तामा भाग्यो।
Nepali ERV (पवित्र बाइबल)
जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।