Judges 7:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइम पहाडी देशभरि गिदोनले मानिसहरू पठाएर खबर गरे, “तल आएर मिद्यानीहरूसँग लडाइँ गर। यर्दन नदी र बेथ-बरासम्‍म खोलाहरू हातमा लेओ र मिद्यानीहरू पार गरी भाग्‍न नसकून्।” एफ्राइमहरू एकसाथ आए र यर्दन नदी र बेथ-बरासम्‍म खोलाहरू हात पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, “तल झरेर मिद्यानीहरूलाई नाश गर, र बेथ-बरासम्‍म यर्दन नदीका घाटहरू तिनीहरूका अगाड़ि कब्‍जा गर।” यसैले सबै एफ्राइमहरू बोलाइए, र बेथ-बरासम्‍म यर्दन नदीका घाटहरू तिनीहरूले लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिदोनले एफ्राइमको पहाडी मुलुकभरि यसो भन्दै दूतहरू पठाए, “मिद्यानीहरूका विरुद्धमा ओर्लिआओ, र बेथ-बारासम्म तिनीहरूको सामु यर्दनको पानीलाई घेरा लगाओ।” यसरी एफ्राइमका सारा मानिसहरूलाई बोलाइए, र तिनीहरूले यर्दनको पानीलाई बेथ-बरासम्मै लिए।
Nepali ERV (पवित्र बाइबल)
गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिद्यानका मानिसहरूलाई आक्वमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।” यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे।