Judges 7:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले ओरेब र जएब नाम गरेका मिद्यानी अगुवाहरूलाई पक्रे र ओरेबलाई ओरेबको चट्टानमा र जएबलाई जएबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेदि नै रहे अनि ओरेब र जएबका शिर गिदोनकहाँ ल्‍याए। गिदोन त्‍यस बेला यर्दनको पूर्वपट्टि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले दुई मिद्यानी शासक, ओरेब र जएबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा, र जएबलाई चाहिँ जएबको दाखको कोलमा मारे, र मिद्यानीहरूलाई खेदेको खेदेकै गरे। पछि तिनीहरूले ओरेब र जएबका टाउकाहरू यर्दन वारि गिदोनकहाँ ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मिद्यानीहरूका दुई जना शासकहरू ओरेब र जीबलाई दाखको कोलमा पक्रे। तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा र जेबहलाई जीबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेद्‌दै गए, र ओरेब र जेबहका शिरहरू यर्दन वारि गिदोनकहाँ ल्याए।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्डे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।