Judges 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मानिसहरूलाई यसो भन् ‘ज-जसलाई डर लागेको छ, ऊ घर फर्के हुन्छ, हामीहरूचाहिँ यहाँ गिलाद डाँडामा बस्नेछौं।” त्यसरी बाईस हजार मानिसहरू फर्कि गए; तर दश हजार त्यहाँ बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्नेहरू छन् भने ती गिलाद डाँड़ादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालून्। यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।”‘ त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के तर 10,000 मानिसहरू बाँकी रहे।