Judges 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै तेरा मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा र म त्यहाँ तिनीहरूलाई अलग गर्नेछु। जुन मानिसलाई ‘तँसँग जानेछ’ भन्छु, ऊ तँसँग जानेछ तर जसलाई ‘जानेछैन’ भन्छु, ऊ तँसँग जानेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “अझै पनि मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्छु, ‘यो मानिसचाहिँ तँसँग जानेछ,’ तब त्यो जानेछ। र यदि म ‘यो मानिस तँसँग जानेछैन’ भनी भन्नेछु तब त्यो जानेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले गिदोनलाई भन्नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”