Judges 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनले ती तीन सय जना छोडी बाँकी सबैलाई घर जान दिए। ती तीन सय जनाले सारा खानेकुरा र तुरहीहरू राखे। मिद्यानीहरूको छाउनी तल बेसीमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आ-आफ्नो पालमा पठाइदिए, र ती तीन सय जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसदपानी र तुरहीहरू लिए। मिद्यानीहरूको छाउनी तिनको तलतिर बेँसीमा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण गिदोनले बाँकी इस्राएलीहरूलाई तिनीहरूका पालहरूमा पठाइदिए। तर तीन सय जनालाई चाहिँ राखे, जसले अरूका सामग्री र तुरहीहरू आफ्ना जिम्मामा लिए। अनि मिद्यानीहरूका छाउनीचाहिँ तिनको मुनि बेँसीमा थियो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे। मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए।