Judges 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तिमी मिद्यानीहरूसँग लड्‍न जाँदा किन हामीलाई बोलाएनौ? किन तिमीले हामीसँग त्‍यस्‍तो व्‍यवहार गर्‍यौ?” यसबारे तिनीहरूले निकै गनगन गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले किन हामीसँग यस्‍तो व्‍यवहार गर्नुभयो? मिद्यानसँग लड़ाइँ गर्न जाँदा तपाईंले हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एफ्राएमीहरूले गिदोनलाई सोधे, “तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? तपाईंहरू मिद्यानसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले उनीसँग अनेक विवाद गरे।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”