Judges 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई मिद्यानी राजाहरू जेबह र सल्‍मुन्‍ना भागे तर गिदोनले ती दुईलाई खेदेकोखेदेकै गरेर पक्रिछाडे। तिनीहरूका जम्‍मै सेना डरले छरपष्‍ट भई भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जेबह र सल्‍मुन्‍नाचाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेदिरहे, र ती दुवैलाई पक्रे, र उनीहरूको जम्‍मै सेना परास्‍त भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्‍ना भागे। तर उनी तिनीहरूलाई खेद्‌दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे।
Nepali ERV (पवित्र बाइबल)
जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।