Judges 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले आफ्‍ना जेठा छोरा येतेरलाई भने, “उठ् र यिनीहरूलाई मार्‌!” तर केटोले तरवार थुतेन। त्‍यो सानै थियो र आनाकानी गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले आफ्‍नो जेठो छोरो येतेरलाई भने, “उठेर उनीहरूलाई मार्‌।” तर त्‍यो त्‍यस बेला सानै केटा थियो, र त्‍यसले आफ्‍नो तरवार थुतेन, किनभने त्‍यो डरायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आफ्नो जेठा छोरा येतेरतिर फर्केर तिनले भने, “यिनीहरूलाई मारिदे!” तर येतेरले आफ्नो तरवार थुतेन; किनकि ऊ सानै केटा थियो, त्यसकारण ऊ डरायो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन।