Judges 8:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी गिदोनले पाएका सुनका कुण्डलहरूको ओजन बीस किलोजति भयो। तर त्यसमा मिद्यानी राजाहरूले लाएका गहना, हार र बैजनी-वस्त्रहरू अनि ऊँटका गलाका हार वा सिक्रीहरू परेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मागेका सुनका कुण्डलको ओजन बीस किलो जति भयो। योचाहिँ चन्द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लाउने बैजनी वस्त्रबाहेक थियो। उनीहरूका ऊँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्ती नै भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले मागेका सुनका औँठीहरूको ओजन सत्र सय शेकेल थियो; जसमा गहनाहरू, मिद्यानका राजाहरूले लगाउने कर्णफूल र बैजनी वस्त्रहरू अथवा ऊँटहरूका घाँटीमा भएका सिक्रीहरूको त हिसाब नै थिएन।
Nepali ERV (पवित्र बाइबल)
जब ती सुनको कुण्डलहरू एकत्रित गरिए तिनीहरूको लगभग ओजन 1,700शेकेल भयो। यसमा इस्राएलका मानिसहरूले गिदोनलाई प्रदान गरेका अन्यभेटहरू संलग्न थिएनन्। तिनीहरूले गिदोनलाई चन्द्रमा आकृतिका अनि आँसुका थोपा आकृतिका मणि-माणिक्य पनि प्रदान गरे। अनि तिनीहरूले बैजनी बस्त्रहरू तिनलाई दिए। ती चीजबीजहरू थिए जो मिद्यानका राजाहरूले पहिरेका थिए। तिनीहरूले तिनलाई मिद्यानी ऊँठहरूको सिक्वी पनि दिए।