Judges 8:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनले त्यो सुनबाट एउटा मूर्ति बनाए र आफ्नो सहर ओप्रामा राखे। सबै इस्राएलीहरूले परमेश्वरलाई त्यागेर त्यहाँ गई मूर्तिलाई पूजा गर्थे। त्यो गिदोन र उनका परिवारको लागि एउटा पासो बन्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्राएलीहरूले त्यसको पूजा गरी आफैलाई वेश्यासमान बनाए, र त्यो गिदोन र तिनका घरानालाई फसाउने एउटा फन्दा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि गिदोनले ती सुनबाट एउटा एपोद बनाए, र त्यसलाई उनले आफ्नो सहर ओप्रामा राखे। सारा इस्राएलले त्यसलाई पुजेर त्यहाँ वेश्यासँग झैँ व्यभिचार गरे। अनि त्योचाहिँ गिदोन र तिनको परिवारका निम्ति एउटा पासो बन्यो।
Nepali ERV (पवित्र बाइबल)
गिदोनले त्यो सुन एउटा एपोद निर्माण गर्नमा उपयोग गरे। तिनले त्यो एपोदलाई ओप्रा नाउँको शहर-तिनको निवास शहरमा राखे। इस्राएलका समस्त मानिसहरूले त्यो एपोदलाई पूजा गरे। यस प्रकारले इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वसनीय रहेनन्-तिनीहरूले एपोद पूजे। एपोद एक पासो बन्यो जसले गिदोन अनि तिनका घरानालाई पापगर्न लगायो।