Judges 8:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनले भने, “हुन्छ त, परमप्रभुले मेरा हातमा जेबह र सल्मुन्नालाई दिनुभएपछि म तिमीहरूलाई मरुभूमिका काँडा र घोच्ने बुट्टाले कुट्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिदोनले भने, “त्यसो भए जब परमप्रभुले जेबह र सल्मुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ तब म मरुभूमिका काँढ़ा र घोच्ने बुटाले तिमीहरूको छाला उतार्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब गिदोनले जवाफ दिए, “त्यसो भए जब याहवेहले जेबह र सल्मुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म तिमीहरूका शरीरलाई उजाडस्थानको काँडा र घोच्ने काँडाले च्यातिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरूभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”